RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

एकीकृत परियोजना हस्तान्तरण

सेभ द चिल्ड्रेन र रुकुमेली समाज बिकास केन्द्र रुकुमको साझेदारीमा संचालित एकीकृत परियोजना स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ l औपचारिक कार्यक्रमका बीच पौष २९, २०७५ मा चौरजहारी नगरपालिकालाइ र पौष ३०, २०७५ मा सानीभेरी गाउपालिकाई हस्तान्तरण गरिएको हो l मे १, २०१६ देखि डिसेम्बर ३१, २०१८ सम्म चौरजहारी नगरपालिकाका ५ वडाहरु र सानीभेरी गाउँपालिकाका ५ वडाहरुमा रुकुमेली समाज बिकास केन्द्र रुकुमले सेभ द चिल्ड्रेन को साझेदारीमा शिक्षा, बाल संरक्षण र जिबिकोपार्जन तथा पोषण (एकीकृत परियोजना) मार्फत विभिन्न गतिविधिहरु संचालन भएका थिए l सेभ द चिल्ड्रेन संग परियोजनाको सम्झौता सकिएपछी परियोजना दिगो पनाका लागि स्थानीय सरकारलाई हस्तान्तरण गरिएको हो l सरकारका प्रतिनिधिहरु वडाका प्रतिनिधिहरु, शिक्षक, बिद्यार्थी, बिभिन्न समुह, बालक्लबहरु र सरोकारवालाहरुको उपस्थितिमा औपचारिक कार्यक्रम गरि हस्तान्तरण गरिएको हो l कार्यक्रमका सहभागीहरुले कार्यक्रम निकै प्रभाबकारी रहेको र आगामी दिनमा स्थानीय सरकारले यो कार्यक्रमको नेतृत्व गर्नुपर्ने सुझाब दिएका थिए भने सरकारका प्रतिनिधिहरुले अब कार्यक्रम सरकारको भएको र स्थानीय सरकारले आफ्नो कार्यक्रमको रुपमा संचालन गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए l औपचारिक कार्यक्रममा परियोजनाका संयोजकहरुबाट कार्यक्रमको उपलब्धि, बजेट र खर्च, साथै समस्या तथा चुनौतिहरु प्रस्तुत गरिएको थियो l

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2019 RSDC Rukum
%d bloggers like this: