रुकुमेली समाज विकास केन्द्र, रुकुम २०६१ सालमा स्थापना भई शिक्षा, स्वास्थ्य, वन, खाद्य सुरक्षा, कृषि, पोषण, जलवायु परिवर्तन, प्रकोप तथा आय आर्जन का क्षेत्रहरुमा कार्यरत सामाजिक संस्था हो । कृषि विकासका लागी अन्र्राष्ट्रिय कोष को आर्थिक सहयोग,रुकुमेली समाज विकास केन्द्र, रुकुमवाट सामाजिक परिचालनका लागी सञ्चालित पहाडी साना किसानका लागी अनुकूलन आयोजना संचालन हुने रुकुम पश्चिम चौरजहारी नगरपालिका, त्रिवेणी गाँउपालिका, र सानीभेरी गाँउपालिका तथा रुकुम पूर्वको भुमे गाँउपालिका र पुथाउत्तरगंगा गाँउपालिकाहरुमा अवस्थित जलवायु जन्य प्रकोपहरुबाट जोखिममा परेका ग्रामीण पहाडी क्षेत्रका साना किसानको जलवायु समानुकुलन क्षमता अभिवृद्घी गरी गरिबी न्यूनीकरणमा केन्द्रित हुनेछ ।
पहाडी साना किसानका लागी अनुकूलन आयोजना परियोजना का लागी तपशिल बमोजिमका कर्मचारी आवश्यकता परेकोले योग्य नेपाली नागरिकबाट मुसिकोट ०१, खलंगा रुकुम स्थित रुकुमेली समाज विकास केन्द्रको कार्यालयमा स्वयं उपस्थित भई आफ्नो आवेदन सहित शैक्षिक प्रमाणपत्रहरु, नागरिकताको प्रमाणपत्र, अनुभवको प्रमाणपत्रका प्रमाणित प्रतिलिपी, संक्षिप्त व्यैयक्तिक (वायोडाटा) विवरण र दुई प्रतिफोटो संलग्न राखि सम्वन्धित वडाका नागरिकवाट सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र (मिति २०७५।०५। २२ गते सम्म) कार्यालय समयमा दरखास्त पेश गर्न यो सुचना प्रकाशित गरिएको छ ।
तपसील
१. पद ः सामाजिक परिचालक तह ः– पाँचौ
२. आवश्यक संख्या ः– क) रुकुम पश्चिम
क्र.स. स्थानीयत तह वडा आवश्यक कर्मचारी संख्या जम्मा
१ त्रिवेणी गाँउपालिका २, ५, ७, ८ र १० – १ जनाका दरले ५ जना
२ सानीभेरी गाँउपालिका १, २, ७ र ८ – १ जनाका दरले ४ जना
३ चौरजहारी नगरपालिका ११, १२ र १३ – १ जनाका दरले ३ जना
जम्मा १२ जना
ख) रुकुम पूर्व
क्र.स. स्थानीयत तह वडा आवश्यक कर्मचारी संख्या जम्मा
१ पुथाउत्तरगंगा गाँउपालिका १, २, ५, १४ – १ जनाका दरले ४ जना
२ भुमे गाँउपालिका ४, ६, ८ – १ जनाका दरले ३ जना
जम्मा ७ जना
३. उमेर ः– १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको
४. आवश्यक योग्यता तथा अनुभवः
-मान्यता प्राप्त शैक्षिक संस्थावाट प्रविणता प्रमाण पत्र तह वा सो सरह पास गरी वन वातावरण
तथा जलवायु परिवर्तन र सामाजिक परीचालनको क्षेत्रमा एक वर्ष कार्य अनुभव भएकोे ।
-सम्बन्धित वडाको नागरिक हुन पर्ने छ ।
-स्वस्थ भएको स्वयम घोषणा निवेदन ।
-तालीम, गोष्ठी,संचालन गर्न तथा परामर्श दिन सीप भएको, अंग्रेजी तथा नेपाली दुवै भाषामा
लेख्न पढन र वुझन सक्ने, स्थानीय तह तथा सरोकारवालाहरु संग समन्वय गरी कार्यक्रमको
प्रभावकारी कार्यान्वयन गर्न सक्ने, तथ्यांक र सूचनाहरुको विश्लेषण गरी प्रतिवेदन तयार गर्न
सक्ने,
५. सेवा सुविधा ः– संस्थाको नियमानुसार
६. विदा ः– संस्थाको नियमानुसार ।
७. प्राथमिकता ः– दलित, जनजाति,महिला लाई प्राथमिकता दिईने छ ।
८.कार्यक्षेत्र ः– आयोजना लागु भएका स्थानिय तहहरुमा ।
९.अन्य जानकारी ः–
-निवेदन दिने स्थान ः– रुकुमेली समाज विकास केन्द्र रुकुम (पश्चिम) ।
-निवेदन दिने अन्तिम मिति ः– २०७५÷०५÷२२ गते दिनको ४ः०० बजे सम्म हुनेछ तर अन्तिम
दिन सार्वजानिक विदा परेमा त्यसको भोलीपल्ट दरखास्त लिईनेछ ।
-प्रारम्भिक छनौट मिति ः– २०७५÷०५÷२६ गते ।
-परिक्षाको किसिमः– व्यक्तिगत विवरण मुल्यांकन तथा अन्तरवार्ता ।
-परिक्षा हुने स्थान ः– रुकुमेली समाज विकास केन्द्र, रुकुम ।
-परीक्ष्ाँको मिति र समय ः– प्रारम्भिक छनौट मितिको दिन जानकारी गराईनेछ ।
१०.आवेदन फारमका साथ संलग्न गर्नु पर्ने कागजातहरु ः–
-नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।
-शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरु ।
-तालिम तथा अनुभव प्रमाणपत्रका प्रतिलिपिहरु
-अनुभव प्रमाणपत्रका प्रतिलिपिहरुका साथमा नियूक्ति र म्याद थपका प्रतिलिपीहरु ।
-आवेदन फारमका साथ फोटो सहितको बायोडाटा ।
-विवाह भई आएको भए विवाह दर्ताको प्रमाण पत्र बसाई सरी आएको भए बसाई सराईको
प्रमाण पत्र ।
-उललेखित गरिएका प्रमाण पत्रका प्रतिलिपिहरु अधिकार प्राप्त नोटरी बाट प्रमाणित कागजातहरु
पेश गर्नु पर्नेछ ।
-उम्मेदवार स्वयं उपस्थित भई आवेदन पेश गर्नु पर्ने ।
-माथिका सवै कागजातको सक्कल प्रति अन्र्तवाताको दिन रुजुका लागी अनिवार्य रुपमा छनौट समिति समक्ष पेश गर्नु पर्नेछ ।
नोटः–आवेदन फारम सस्थाको कार्यालयबाट कार्यलय समयमा रु.५० (पचास) तिरी प्राप्त गर्न सकिनेछ । आवेदकहरुमध्ये छोटो सुचिमा परेका उम्मेदवारहरुलाई मात्र परीक्षामा समावेश गरिने छ । फोन तथा अन्य संचार माध्यमबाट संस्थालाई प्रभाव पार्न प्रयास गर्ने उम्मेदवारहरु स्वतःअयोग्य ठहर गरिने भएकोले त्यस्ता प्रयास नगर्न सूचित गरिन्छ ।
उमेदवारलाई छनोट गर्ने वा नगर्ने अधिकार संस्था एवम साझेदार संस्थामा निहित रहनेछ ।
…………….
सदस्य सचिव
पदपूर्ति समिती