RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

रुकुमेली समाज बिकास केन्द्र, रुकुमको बार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

“शान्ती, दिगो बिकास, स्वतन्त्रता र समानता
बिभेद रहित समाजको निर्माणमा हाम्रो एकता”
भन्ने मुलमन्त्रका साथ रुकुमेली समाज बिकास केन्द्र, रुकुम (पश्चिम) को आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक प्रगति समिक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम मिति २०७५।०५।०८ गते शुक्रबारका दिन मुसिकोटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री नर बहादुर नेपालीको अध्यक्षता जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख श्री राजकुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला स्थित बिभिन्न सञ्चार माध्यामका प्रमुख तथा प्रतिनिधिहरु साथै लाभान्बित बर्गका प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो ।
संस्थाद्धारा आ.ब. ०७४।७५ मा संचालित बिभिन्न परियोजनाको बार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण गर्ने उदेश्का साथ संचालित उक्त कार्यक्रममा परियोजना प्रमुखहरुबाट बार्षिक कार्यक्रम, बजेट र खर्चका साथै उपलब्धिहरु प्रस्तुतिकरण गरिएको थियो भने सहभागिहरुवाट राखिएका जिज्ञासा तथा प्रश्नहरुमा छलफल गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख श्री राजकुमार शर्माले अव संस्थाले आफ्ना कार्यक्रमहरु नमुना योग्य हुनेगरी संचालन गर्नुपर्ने सुझाब दिनुभयो । बार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रमको सहजिकरण श्री बम बहादुर खड्काले गर्नुभएको थियो भने कार्यक्रमको संचालन एकिकृत परियोजना (शिक्षा कार्यक्रम) संयोजक श्री केशब कुमार बी.सी ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2020 RSDC Rukum
%d bloggers like this: