RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

शिक्षकहरुका लागि समाबेशी शिक्षण सिकाई अबधारणा सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न

सेभ द चिल्ड्रेन र रुकुमेली समाज बिकास केन्द्र रुकुमको साझेदारीमा संचालित एकीकृत परियोजना मार्फत चौरजहारी नगरपालिकाका २८ विद्यालयका शिक्षकहरुलाई समाबेशी शिक्षण सिकाई सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l चौरजहारी नगरपालिका नगर शिक्षा शाखासँगको समन्वयमा असार ७ र ८ गते गौतम होटेल चौरजहारीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो l सबै सिकाई स्तर भएका बालबालिकाहरुलाई एउटै कक्षाकोठाभित्र समाबेशी रुपमा सिकाउने बिधिहरु, अपाङ्गताका प्रकारहरु, अपाङ्गता सम्बन्धि बर्तामान नीति सम्बन्धि जानकारी मार्फत सहभागीलाई संबेदनसिल बनाई बिद्यालयलाई समाबेशी बिद्यालय बनाउने उदेश्यका साथ् अभिमुखीकरण कार्यक्रम गरिएको थियो l

उक्त अभिमुखीकरण कार्यक्रममा चौरजहारी नगरपालिका अन्तर्गत खोलागाउ, नुवाकोट, पुर्तिमकाँडा, कोटजहारी, र बिजयाश्वरीका २८ विद्यालयका प्र. अ. तथा शिक्षकहरुको सहभागिता रहेको थियो भने अभिमुखीकरण कार्यक्रमको सहजीकरण शिक्षा अधिकृत धनन्जय आचार्य र एकीकृत परियोजनाका शिक्षा संयोजक केशब कुमार बि.सी.ले गर्नुभएको थियो l

यो अभिमुखीकरणले शिक्षकहरुमा समाबेशी शिक्षाका महत्वपुर्ण पक्षमा ज्ञान हासिल गर्न मद्दत गरेको र पूर्व ज्ञानमा निखार आएको कुरा सहभागीहरुले ब्यक्त गरेका थिए भने कार्यक्रमको अन्त्यमा सहभागीको तर्फबाट कुरा राख्दै कृष्ण बहादुर ओलीले सबैले कक्षा कोठामा प्रयोग गरि सबै बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नुभएको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2020 RSDC Rukum
%d bloggers like this: