
सेभ द चिल्ड्रेन र रुकुमेली समाज बिकास केन्द्रको साझेदारीमा संचालित एकीकृत परियोजना अन्तर्गत सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिका भित्रका २४ विद्यालयका ब्यबस्थापन समिती र शिक्षक अभिभावक संघका पधाधिकारीहरुको क्षमता अभिबृदी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l क्षमता अभिबृदी अभिमुखीकरण कार्यक्रम २०७५ बैशाख ३१ देखि जेठ २ सम्म सानीभेरी गाउँपालिका-९ सिम्लीमा र २०७५ जेठ ५ देखि ७ सम्म चौरजहारी नगरपालिका-११ खोलागाउमा सम्पन्न भएको हो l बालमैत्री नमुना बिद्यालय निर्माणका लागि र शैक्षिक उपलब्धि सुधारका लागि बि.व्य.स., शि.अ.स. को भूमिका जानकारी गराउने उदेश्यका साथ संचालित अभिमुखीकरण कार्यक्रममा बि.व्य.स., शि.अ.स. को काम, कर्तब्य र अधिकार, बालमैत्री बिद्यालय, बिद्यालय सुधार योजना, विपद जोखिम न्यूनीकरण योजना, बिद्यालय स्वास्थ्य तथा पोषण योजनाका साथै बालविकास ब्यबस्थापनका बिषयमा बृहत छलफल गरियको थियो l अभिमुखीकरण कार्यक्रमको सहजीकरण सानीभेरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुपलसिं बिस्ट र चौरजहारी नगरपालिका शिक्षा शाखा प्रमुख धनन्जय आचार्यले गर्नु भएको थियो l