RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

महिला कृषि समूहलाई मसला पिस्ने उपकरण

रुकुम (पश्चिम) को एक महिला कृषि समूहलाई मसला पिस्ने मेसिन हस्तान्तरण गरिएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका ११ खोलागाउँमा रहेको जहारीखोला महिला कृषि समूहलाई मसला पिस्ने उपकरण प्रदान गरिएको हो ।
महिलाहरुको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले कृषि समूहलाई उपकरण हस्तान्तरण गरेको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिएका छन् । उनले भने, ‘यस क्षेत्रमा व्यापक रुपमा बेसार उत्पादन भएका कारण त्यसलाई पिस्नको लागि उपकरण हस्तान्तरण गरिएको हो ।’
उपकरण पाएपछि स्थानीय महिलाहरु खुसी भएका छन् । जहारी कृषि समुहकी अपाध्यक्ष कौशीला ओलीले भनिन, ‘मसला पिस्ने उपकरण प्राप्त गरेपछि सजिलो भएको छ ।’ जहारीखोला महिला कृषि समूहमा १५ जना महिला सहभागि रहेका छन् । उनीहरु मध्ये ७ जनाले व्यवसायी बेसार खेती गदै आएका छन् ।
सेभ द चिल्ड्रेन र रुकुमेली समाज बिकास केन्द्र रुकुमको साझेदारीमा संचालित एकीकृत परियोजना महिला कृषि समूहलाई मसला पिस्ने उपकरण प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2020 RSDC Rukum
%d bloggers like this: