RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

बालमैत्री वडामा जनप्रतिनिधीको भ्रमण

चैत १६, रुकुम ।
दैलेखको आठविस नगरपालिकामा रुकुमका जनप्रतिनिधीले भ्रमण गरेका छन् । रुकुम पश्चिमका चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका जनप्रतिनिधी तथा वालअधिकारकर्मीले दैलेख स्थित आठविस नगरपालिका वडानं. ४ राकम कर्णालीको अध्ययन भ्रमण गरेका हुन् ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित एकीकृत परियोजनाले चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका जनप्रतिनिधीहरुलाई अध्ययन भ्रमणमा निष्किएका हुन् । सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकालाई वालमैत्री घोषणा गर्ने उद्देश्ले बालमैत्री वडामा भ्रमण गरिएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिएका छन् ।
स्थानीय तह पुर्नसंरचना पश्चात नेपालकै दास्रो बाल मैत्री वडा घोषित दैलेखको आठवीस नगरपालिकामा स्थलगत भ्रमणमा चौरजहारी नगरपालिका रुकुमका उप–प्रमुख राधा रोका र सानिभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुन, उपाध्यक्ष इन्दिरा वली, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नर बहादुर नेपाली निर्वाचित सदस्यहरु, बाल संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेका अभियान्ताहरु दैलेखको आठवीस नगरपालिका वडा नं. ४ राकमकर्णालीमा पुगेका हुन् ।
उनिहरुले बाल मैत्री वडा घोषणा गर्नका लागि आवश्यक पर्ने भौतिक संरचना, नितीगत संरचना लगाएतका विषयमा आठवीस नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत संग छलफल समेत गरेको थियो ।
छलफलमा आठवीस नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका प्रसाद भट्टराईले आठवीस नगरपालिकाको वडा नं. ४ लाई बाल मैत्री स्थानीय तह घोषणा गर्नका लागि चलाएका अभियानहरुबारे जानकारी गराएका थिए ।
आफुहरुले थुप्रै गतिविधिहरु संचालन पछि मात्र राकमकर्णालीलाई बालमैत्री वडा घोषणा गर्न सफल भएको बताउदै सानो प्रयासले बाल मैत्री वडा घोषणा गर्न नसकिने बताए ।
कार्यक्रममा आठवीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्याय, उपप्रमुख दिपा बोहोरा, आठवीस नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, चौरजहारी नगरपालिका रुकुमका उप–प्रमुख राधा रोका र सानिभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुन, उपाध्यक्ष इन्दिरा वली, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नर बहादुर नेपाली जननिर्वार्चित सदस्यहरु, बाल संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेका दैलेख र पश्चिम रुकुममा अभियान्ताहरु, महिला विकास अधिकृत पवित्रा पुरी, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा लगाएतको सहभागिता रहेको थियो । भ्रमण टोलीले आठवीस नगरपालिकाको वडा नंं ४ राकमकर्णालीमा भएका राम्रा कुराहरुलाई रुकुमपश्चिमका स्थानीय तहलाई बाल मैत्री घोषणा गर्नका लागि सघाउ पुग्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2020 RSDC Rukum
%d bloggers like this: