चैत १८, रुकुम ।
दैलेख जिल्लाको अध्ययन भ्रमण प्रभावकारी भएको भ्रमण टोलीका सदस्य तथा सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले बताएका छन् । दैलेख जिल्लाको आठविस नगरपालिका र गुराँसे गाउँपालिकाले बालमैत्री स्वायत्त शासन लागु गर्न गरेका प्रयासहरु महत्वपूर्ण रहेको समेत अध्यक्ष पुनले बताए ।’ उनका अनुसार – आठविस नगरपालिकाले वालमैत्री स्वयात्त शासन वडा घोषणाको लागि नीति नियम निर्माण देखी भौतिक पुर्वाधार सम्मका काम प्राथमिकताका साथ गरेको पाईएको छ ।
हामीले पनि वालबालिकाको क्षेत्रमा धेरै काम गरेका छौं, तर अझै पनि गर्न धेरै बाँकी रहेको अध्यक्ष पुनको भनाई रहेको छ ।
दैलेख भ्रमणले बालवालिकाको क्षेत्रमा लाग्न प्रेरणा प्रदान गरेको चौरजहारी नगरपालिकाका उपप्रमुख राधा रोकाले बताईन् । उनले भनीन, बालमैत्री पूर्वाधार निर्माण देखी वालवालिका हक अधिकारको क्षेत्र लगानी गर्ने चौरजहारी नगरपालिका तयार हुने बताईन् । ‘हामी छिट्टै नगरपालिका र नगरकार्यपालिकाको बैठक बसेर नीति निर्माणमा लाग्ने छौं ।’ स्थानीय तहको विकास र समृद्धीका लागि बालबालिकामा लगानी अपरिहार्य भएको जिल्ला बालअधिकृत मानविर ओलीले बताए ।

चौरजहारी नगरपालिका रुकुमका उप–प्रमुख राधा रोका र सानिभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुन, उपाध्यक्ष इन्दिरा वली, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नर बहादुर नेपाली, कोषाध्यक्ष रमा गौतम, सदस्य प्रविर ददेल, जननिर्वार्चित सदस्यहरु, बाल संरक्षणको क्षेत्रमा काम गर्दै आएका वालअधिकारकर्मीहरु दैलख जिल्लाको आठविस नगरपालिका र गुराँसे गाउँपालिकामा भ्रमण गरिएको थियो ।