
चैत ८ रुकुम । मिस्त्रीलाई अपाङ्गमैत्री शौचालय निर्माण सम्वन्धी तालिम प्रदान गरिएको छ । रुकुम (पश्चिम)को सदरमुकाम मुसिकोटमा घर निर्माण कार्य गर्ने मिस्त्रीलाई अपाङ्गमैत्री शौचालय निर्माण सम्वन्धी तालिम प्रदान गरिएको हो ।
अट्रलीयन एडको आर्थिक सहयोग र एसएनभी नेपाल र रुकुमेली समाज विकास केन्द्र रुकुमको साझेदारीमा सञ्चालित सबैका लागि दिगो सरसफाई र स्वच्छता कार्यक्रम र रुकुम उद्योग वानिज्य संघको आयोजनामा मिस्त्रीहरुलाई अपाङ्गमैत्री शौचालय निर्माण सम्वन्धी तालिम प्रदान गरेको छ ।
‘सबैको पहुँचमा शौचालय’ भन्ने नारा सहित मिस्त्रीहरुलाई अपाङ्गमैत्री निर्माणमा आवश्यक पर्ने सामाग्री र अपाङ्गमैत्री शौचालयका नमूनाका बारेमा जानकारी गराएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिएका छन् । उनले भने,‘पूर्ण सरसफाई उन्मुख रुकुममा अपाङ्गमैत्री का साथै वालमैत्री बनाउनु पर्नेमा जोड दिएका छन् ।
त्यस्तै रुकुम उद्योग वानिज्य संघका अध्यक्ष टेकबहादुर पुनले अपाङ्गमैत्री शौचालय निर्माणको लागि सबै सचेत हुनुपर्ने धारणा राखेका छन् । ‘सबै घरमा अपाङ्गमैत्री शौचालय निर्माण गर्नुपर्दछ ।’ नेपालमा ५ प्रतिसत अपाङ्गमैत्री जन्मजात भएपनि झण्डै ९५ प्रतिसत अपाङ्गमैत्री विपद्, द्धन्द्ध र बस दुर्घटनाबाट भएको कारण कतिखेर को अपाङ्ग बन्छ भन्ने कुराको ठेगाना नभएका कारण सबै घरमा अपाङ्गमैत्री शौचालय निर्माण गर्नुपर्ने अध्यक्ष पुनले बताए ।
अपाङ्गमैत्री शशौचालयको नमूना र तालिमको बारेमा सहजीकरण एसएनभी नेपालका वास अफिसर राजु श्रेष्ठ गरेका थिए । तालिममा मुसिकोट नगरपालिका साथै सानीभेरी गाउँपालिकाका घर निर्माण काम गर्ने मिस्त्रीहरुको सहभागिता रहेको जनाएको छ ।
कार्यक्रममा रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपाली, सचिव केशन क्षेत्रीयाल, उद्योग वानिज्य संघ रुकुमका अध्यक्ष टेकबहादुर पुन, एसएनभी नेपालका सरसफाई अधिकृत राजुश्रेष्ठ, मुसिकोट नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष प्रेमबहादुर ओली,रुकुमेली समाज विकास केन्द्र सबैका लागि दिगो सरसफाई र स्वच्छता कार्यक्रमका कार्यक्रम संयोजक उत्तम भटराई लगायतको उपस्थित रहेको थियो ।