RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

आमा र बच्चाको पोषण सुधारको लागि कुखुरा वितरण

चैत ५, रुकुम । रुकुम (पुर्बी) सिस्ने गाउँपालिका ५ र ६ साबिकको रुकुमकोट गाविसका सुनौलो हजार दिनको आमाहरुलाई कुखुरा वितरण गरिएको छ ।
यूएसआईडीको सहयोगमा रुकुमेली समाज विकास केन्द्र बाट संचालित सुआहारा कार्यक्रमले २ सय ३५ जना महिलालाई कुखुरा वितरण गरियको हो । प्रत्येक महिलालाई दुईवटा भाले र तीनवटा पोथी गरी १ हजार १ सय ७५ कुखुरा वितरण गरिएको रुकुमेली समाज विकास केन्द्र सुआहारा कार्यक्रमका फिल्ड सुफरफाईजर सीता खड्काले जानकारी दिएकी छिन् ।
उनले भनिन, सुनौलो हजार दिनका (गर्भवती तथा सुत्केरी ) महिलाहरु र महिला स्वास्थ्य स्वयम् सेबिकाहरुलाई कुखुरा वितरण गरिएको हो । सुनौलो हजार दिनका आमा तथा वच्चाको पोषण अवस्था सुधार गर्न ब्ल्याक अस्टर्लक र न्यूह्यामसार प्रजातिको कुखुरा वितरण गरिएको सुआहारा कार्यक्रमका जिल्ला संयोजक जनकराज भट्टले जानकारी दिएका छन् । यो प्रजातिका कुखुराले एक वर्षमा दुई सय भन्दा बढी अण्डा उत्पादन गर्दछ । उनका अनुसार व्यवस्थित तरिकाले कुखुरा पालनको लागि सुनौलो हजार दिनका महिलाहरुलाई खोर निर्माणको लागि विपन्न परिवारलाई आर्थिक तथा भौतिक सहयोग गरेको छ । सुआहारा कार्यक्रमले यसरी वितरण गरिएको कुखुराको अण्डाले हजार दिनको आमा र बच्चाको पोषण र स्वास्थ्यको स्थिति सुधार गर्ने र कुपोषण घटाउने रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिएका छन् ।
कुखुराको अन्डालाई पौष्टिक हिसाबले पूर्ण खुराकको रुपमा लिन सकिने भएकाले कुखुरा वितरण गरिएको अध्यक्ष नेपालीले जानकारी दिएका छन् । त्यस्तै सुनौलो हजार दिनका महिलाहरुको पोषण अवस्था सुधार गर्न महिलाहरुलाई तरकारी खेतीका लागि पनि सहयोग गरिएको छ । आफैंले उत्पादन गरेको हरियो सागसब्जी खानसके आमा र बच्चाका लागि फाइदाजनक हुने भन्दै उनीहरुलाई तरकारी खेतीतर्फ प्रोत्साहत गरेको रुकुमेली समाज विकास केन्द्रले जानकारी दिएको छ । यसअघी २ दिने घरायसी खाद्यन्न्ना उत्पादन तालिम र १ दिने कुखुरा पालन सम्बन्धि तालिम प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2019 RSDC Rukum
%d bloggers like this: