RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

हासिबाङलाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा

सानीभेरी गाउँपालिकाको प्रवेशद्वार मानिने हासिबाङ लाई सरसफाई उन्मुख टोल घोषणा गरिएको छ । सानीभेरी गाउँपालिकाको आयोजना र अष्ट्रियन  एडको आर्थिक सहयोगमा एसएनभी नेपाल र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा  संचालित सबैका लागि दिगो सरसफाई र स्वच्छता कार्यक्रमको सहयोग तथा सहजीकरणमा पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सानीभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुनले सानीभेरीको प्रवेश द्वारमा रहेको हासिबाङबाट सुरु भएको पूर्ण सरसफाई घोषण कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्ने रर गाउँपालिकालाई स्वच्छ र सफा बनाउने बताउनु भयो । उहाले भन्नु भयो जसरी सानीभेरी गाउँपालिकाको हासिबाङबाट सानीभेरी नदि बिच भागहुदै बग्छ त्यसरी नै हासिबाङबाटै स्वच्छता र साभ्यता बगाउनु पर्छ । अध्यक्ष पुनले विगत लामो समय देखि तत्कालिन सिम्ली गाविसमा र हाल गाउँपालिकाको वडा नं. ७,८ र ९ मा बालबालिका, खानेपानी, शिक्षा तथा सरसफाई लगाएत विभिन्न क्षेत्रमा काम गरि महत्व पुर्ण भुमिका निर्बाह गरेको भन्दै रुकुमेली समाज विकास केन्द्रलाई उच्च प्रसंसा गर्नुभयो ।

त्यस्तै कार्यक्रमकी विशेष अतिथि तथा गाउँपलिका अध्यक्ष इन्दिरा ओलीले सरसफाईमा विशेष गरी महिलाको भुमिका महत्वपुर्ण हुने बाताउनु भयो । उहाँले विगतलाई सम्झना गर्दै जब गा.वि.स. लाई दिसा मुक्त गा.वि.स. घोषणा गर्ने अभियान थियो त्यो बेला महिलाको लागी छुट्याइएको लक्षित वगएको रकम समेत हालेर चर्पि निर्माण गरेको बताउनु भयो । रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले फोहोरको अन्त्यले नै मानिस स्वच्छ भएर बाँच्ने भएकाले यो कार्यक्रमलाई घोषणमा मात्र सिमित नराख्न अनुरोध गर्नु भएको छ । हासिवाङवासी ले सरसफाई र सभ्यताको अभियान सुरु गरेरे जिल्लामै नमूना काम गरेको प्रति बधाई समेत दिएका दिनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा वडा नं. ९ का वडा अध्यक्ष शेर बहादुर खड्काले सरसफाई संगै हासिबाङलाई मदिरा निषेधित टोल निर्माण गर्ने सोच आफ्ने रहेको बाताउनु भयो । सरसफाईलाई पूर्णता प्रदान गर्न खानेपानीको पनि महत्वपूर्ण स्थान हुने भएकाले एक घर एक धाराको अवधारणालाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनु भयो । कार्यक्रममा सरसफाई उन्मुख टोल घोषणा गर्नमा सहयोग पु¥याएको भन्दै हासिबाङका विभिन्न समूह र व्यक्तिलाई सम्मान पत्र प्रदान प्रदान गरिएको थियो ।

वडा नं. ९ का वडा अध्यक्ष शेर बहादुर खड्काको अध्यक्षता रहेको घोषणा कार्यक्रमको प्रमुख अतिथि सानीभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुनको प्रमुख आतिथ्यता रहेको भने । गाउँपालिका उपाध्यक्ष इन्दिरा ओली, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नर बहादुर नेपाली, कोषाध्यक्ष रमा गौतम, सबैका लागि दिगो सरसफाई र स्वच्छता कार्यक्रमका कार्यक्रम संयोजक उत्तम भट्टराई, सिम्ली स्वास्थ्य चौकी इन्चार्ज छविलाल केसी, सिम्ली बजार व्यवस्थापन समिति अध्यक्ष मोतिराम रोका तथा विभिन्न राजैतिक दल, संचार कर्मीको आतिथ्यता रहेको थियो ।

जनप्रिय मावि हासिबाङको प्रांगनमा भएको कार्यक्रको संचालन सरसफाई समिति सदस्य दिल बहादुर डाँगीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2020 RSDC Rukum
%d bloggers like this: