RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

४६ घर विपन्न परिवारलाई फिल्टर वितरण

माघ २९, रुकुम । सानीभेरी गाउँपालिकाका ४६ घर विपन्न परिवारलाई फिल्टर वितरण गरिएको छ । अष्ट्रलियन एड को आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुम द्वारा सञ्चालित सबैका लागि दिगो सरसफाई र स्वच्छता कार्यक्रमले विपन्न परिवारलाई फिल्टर वितरण गरेको हो ।
सानीभेरी गाउँपालिका वडा नं ९ रुकुम (पश्चिम) हासिवाङ मगरराङ्जाका ४६ विपन्न परिवारलाई फिल्टर वितरण गरेको रुकुमेली समाज विकास केन्द्र रुकुमका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिएका छन् । उनले भने, ‘सानीभेरी गाउँपालिका वडा नं. ९ का गाउँहरु पूर्ण सरसफाई उन्मुख भएको कारण स्वच्छ पानी पिउन उत्प्रेरणा दिने उद्देश्यले फिल्टर वितरण गरिएको हो ।’
सानीभेरी गाउँपालिकाको मुख्यद्वार रुपमा रहेको हासिबाङ र मगररांजालाई सरसफाईयुक्त नमूना गाउँ निर्माणको लागि काम भैरहेको र छिट्टै पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा गर्ने तयारी रहेको सानीभेरी गाउँपालिकाका ९ नम्बर वडाका वडा अध्यक्ष शेरबहादुर खड्काले जानकारी दिएका छन् ।
सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले हाम्रो समाजमा दुषित पानीबाट विभिन्न रोगहरु लाग्ने गरेको र यस्तो हुन नदिन फिल्टर वितरण गरिएो जनाए । उनका अनुसार रुकुमेली समाज विकास केन्द्र र सबैका लागि दिगो सरसफाई र स्वच्छता कार्यक्रमले सरसफाईको क्षेत्रमा महत्वपूर्ण काम गरेको जनाए ।
२०७१ साल रुकुम जिल्ललाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएपछि रुकुमका गाउँ गाउँमा पूर्ण सरसफाई युक्त गाउँ घोषणाको तयारी भएको छ । विशेषगरी रुकुम (पश्चिम) का साविकका रुँघा, चौखावाङ, मुरु, सिम्ली र स्यालापाखा गाविसमा पूर्ण सरसफाईका अभियान सञ्चालन भएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुमका प्रमुख विकेश बथानछाथेले बताएका छन् । अन्य क्षेत्रमा समेत अभियानहरु सञ्चालनको तयारी भएको जनाएको छ । पूर्ण सरसफाई घोषणाको लागि ६+१ को सूचकहरु पुरा गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2019 RSDC Rukum
%d bloggers like this: