RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

बिपन्न परिवारलाई फिल्टर वितरण

सानीभेरी गाउँपालिकाका विपन्न परिवारलाईलाई फिल्टर वितरण गरिएको छ । सानीभेरी गाउँपालिका वडा नं. ७ का ४० घर परिवार

लाई फिल्टर वितरण गरिएको हो ।

पूर्ण कार्यक्रमलाई सफल बनाउने उद्देश्यले विपन्न परिवारलाई फिल्टर वितरण गरिएको सुआहारा कार्यक्रम अधिकृत विकास बञ्जाडेले जानकारी दिएका छन् । उनले ‘पानी शुद्धिकरण गर्न फिल्टर वितरण गरिएको हो ।’
त्यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुमका प्राविधीक कर्ण बहादुर बोहराले फिल्टरको सही प्रयोग गर्ने विधि र फिल्टरको उपयोगिताका बारेमा जानकारी दिएका छन् । उनले भने स्वास्थ्य मानिसको धन हो, व्यक्तिगत तथा बातावरणिय सरसफाईमा ध्यान दिन गृहिनीहरुलाई आग्रह गरेका छन् ।
सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले गाउँ गाउँमा सरसफाई अभियानले तिव्रता पाएको र छिट्टै पूर्ण सरसफाई गाउँपालिका घोषणा गर्ने जनाए ।
सानीभेरी गाउँपालिकाका उपाध्यक्ष तथा सरसफाई कार्यदलकी संयोजक इन्दिरा ओली नेतृत्वको टोलिले सरसफाई सम्बन्धी टोलमा गएर अनुगमन गरेको छ । वडा नं. ७ को फुक्रुटाकुरा, बाघमारे तथा फुक्रुज्यूला टोलका घरघर पुगी खानेपानी, सौचालय तथा घरायसी सरसफाईको अनुगमन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2019 RSDC Rukum
%d bloggers like this: