सुआहारा कार्यक्रमले कुखुरा वितरण गरेको छ । माघ २ गते साविवको नुवाकोट गाविस र पेउघा गाविसमा कुखुरा वितरण गरेको हो । सुनौलो हजार दिनका महिला र बालवालिकाको पोषण अवस्था सुधार गर्न कुखुरा वितरण गरेको जनाएको छ । एचकेआई र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित सुआहारा कार्यक्रम मार्फत कुखुरा वितरण गरिएको हो । पेउघा र नुवाकोटका झण्डै २ सय ५० सुनौलो हजार दिनको महिलाहरुलाई प्रति व्यक्ति ५÷५ वटा कुखुरा वितरण गरीएको रुकुमेली समाज विकास केन्द्रले जानकारी दिएको छ ।