पुनर्ताजगी तालिम सम्पन्न

RSDC Rukum

Writer & Blogger

USAID को आर्थिक सहयोगमा Helen Keller International र रुकुमेली समाज बिकास केन्द्र रुकुम को साझेदारीमा संचालित सुआहारा कार्यक्रम द्धारा रुकुम पश्चिम र पुर्बमा रहेका ३४० जना महिला स्वास्थ्य स्ययमसेबिकाहरुलाई पुनर्ताजगी तालिम सम्पन्न गरिएको छ ।
रुकुम पश्चिमको २ वटा नगरपालिका ३ वटा गाउँपालिका र रुकुम पुर्बमा ३ वटा गाउँपालिका गरी ८ वटा पालिकामामा रहेका महिला स्वास्थ्य स्वयम सेवीकाहरुलाई मातृशिशु तथा बाल्यकालिन पोषण,सामाजिक सुरक्षा कार्यक्रम र ५ देखी ५९ महिना बालबालिकाहरुको पोषण स्थिति लेखाजोखा बारे अभिमुखीकरण मुख्य उद्देश्य रहेको १ दिने पुनर्ताजगी निम्न बिषयहरुमा छलफल गरिएको थियो ।

मातृपोषण (गर्भवती र सुत्केरी अवस्थामा अपनाउनु पर्ने मूख्य– मूख्य व्यवहारहरु)
स्तनपान , बच्चाको थप खाना तथा खानामा विविधिकरण, परिवार योजना, सरसफाई (हात धुनैपर्ने जोखिमपूर्ण अवस्थाहरु, पार्नी शुद्धिकरण), विरामी बच्चाको स्याहार (खानाको पटक, जिंक चक्की), बच्चाको पोषण स्थितिको लेखाजोखा ९ःग्ब्ऋ क्अचभभलष्लन० गर्ने अभ्यास,वडा रजिष्टरमा रेकर्ड राख्ने अभ्यास, सामाजिक सुरक्षा कार्यक्रम बारे अभिमुखीकरण ः बालबालिका नगद अनुदान, सुत्केरी पोषण खर्च वितरण, २०७९, आमा तथा बच्चाको पोषण सुधार गर्नका लागि गर्न सकिने क्रियाकलापहरुको कार्ययोजना तर्जुमा
कार्यक्रम समापन भएको १ महिना पछि पुन यस कार्यक्रमको समिक्षा बैठक संचालन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Welcome to RSDC Rukum

we can collaborate for achieve our goal