रुकुमेली समाज विकास केन्द्र रुकुम अन्तर्गत सुआहारा दोस्रो कार्यक्रमको आर्थिक सहयोगमा रुकुम पश्चिम जिल्लामा संयुक्त अनुगमण कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी श्री परमानन्द घिमिरेको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु,रेडक्रस,जिल्ला स्वास्थ्य कार्यालय र पत्रकारहरु सहभागीहरु रहेको उक्त अनुगनण कार्यक्रम मिति २०७९ भाद्र १,२ र ३ गते जिल्लाको चौरजहारी नगरपालिका र सानीभेरी गाउपालिकामा गरिएको थियो ।
५ बर्ष देखी १२ बर्ष मुनिका बालबालिकाहरुलाई लगाइने फाइजर खोप र पालिकाहरुमा भएका बिपदका घटनाहरुको बारेमा अनुगमण गरिएको थियो ।