असोज ७ गते शुक्रवार
रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमले संस्थाका कार्यसमिति र कार्यरत कर्मचारीहरुलाई संस्थाका निति नियमहरु वारे अभिमुखीकरण गरीएको छ । उक्त अभिमुखीकरण कार्यक्रममा संस्थाको आचार संहिता, आर्थिक तथा प्रशासनिक नियमावली ,वाल संरक्षण निति,लैंगीक समानता तथा समावेसी निति,यौन शोषण तथा दुव्र्यवहारको सुरक्षा निति,मानव वेचविखन तथा ओसारपसार विरुद्धको निति सहति वाल अधिकार र वाल संरक्षण सम्वन्धि पनि अभिमुखीकरण गरीएको थियो ।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष नरवहादुर नेपाली कार्यक्रम संयोजक रमेश गौतम र उत्तम अर्याल साथै लेखा तथा प्रशासन अधिकृत तेज विक्रम खत्री र रोशन खडकाले गर्नु भएको थियो ।