असोज १२, रुकुम ।
रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको १७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । रुकुम पश्चिमको सदरमुकाम खंलगामा असोज
६ गते रुकुमेली समाज विकास केन्द्रको १७ औं साधारण सभा सम्पन्न भएको हो ।
रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरवहादुर नेपालीको अध्यक्षतामा सञ्चालन भएको साधारण सभाको उदघाटन मुसीकोट नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि महेन्द्र केसी र विषेश अतिथि प्रमुख जिल्ला अधिकारी श्री परमानन्द घिमीरेले संयूक्त रुपमा पानसमा वत्ति बालेर साधारण सभाको उद्घाटन गर्नुभएको थियो । साधारण सभामा गत आर्थिक वर्षको आय व्यय प्रस्तुत गरिएको थियो । रुकुमेली समाज विकास केन्द्रका सचिव केशनकुमार क्षेत्रीयालले गत आर्थिक वर्ष २०७८।०७९ को आय व्यय प्रस्तुत गर्नु भएको थियो । जसमा आय ४ करोड ४ हजार २ सय ३९ र व्यय ४ करोड २१ हजार ६८ रुपैयाँ भएको सचिव केशनकुमार क्षेत्रीयालले प्रस्तुत गरेको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिम जिल्लाका ६ वटा स्थानीयतहका साथै रुकुम पूर्वका ३ वटै स्थानीय तहहरुमा रुकुमेली समाज विकास केन्द्रको कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमबाट रुकुम पूर्व र रुकुम पश्चिम जिल्लाका महिला १८ हजार ६ सय ३७, पुरुष ५ हजार ५ सय ७ जना रहेका छन् । भने कार्यक्रमबाट दलित २ हजार ९ सय २१ जनजाती १३ हजार १ सय ३१ अन्य ८ हजार ९२ जना लाभा्रम्बित भएका छन ।
कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी,प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, जिल्ला सुआहारा कार्यालयका वरीष्ठ कार्यक्रम संयोजक पुष्प रावल, वनहर्ट जिल्ला संयोजक लोकमणी गीरी, गैर सरकारी संस्थाका अध्यक्ष नारायण कुमार शाह, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विष्णु वुढाथोकी, प्रहरी नायव उपरीक्षक विष्णु प्रसाद सोती लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो । साधारण सभा कार्यक्रममा रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र केसीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । भने कार्यक्रममा रुकुमेली समाज विकास केन्द्रका उपाध्यक्ष शोभाकर शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो । साधारण सभाबाट रुकुमेली समाज विकास केन्द्रका कोषाध्यक्ष रमा गौतमले प्रस्तुत गरेको संस्थाको आर्थिक प्रतिवेदन सर्व सम्मतिवाट पारीत गरीएको छ ।